FAQs Complain Problems

समाचार

बन्दिपुर गाउँपालिकाको संक्षिप्त परिचय

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

नयाँ वडा समावेश गा.वि.स./नगरपालिका जनसंख्या (२०६८) जनसंख्या (२०७८) क्षेत्रफल
बन्दिपुर (१) र घाँसीकुवा (१) ४३७५ ४७५८ १३.१२
बन्दिपुर(२,३) ३२६० ३१४६ १८.०२
घाँसीकुवा(९) र केशवटार(१,८,९) २४२३ २०१७ १५.५२
बन्दिपुर (४,६) ३९४४ ३९७८ १०.५०
बन्दिपुर (५,७) २८६९ २६१७ १३.९०
बन्दिपुर(८-११) ३१४१ २०१६ ३०.४७
  जम्मा २००१३ १८५३२ १०१.५३

 

Ward boundary

 

 

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ। बन्दिपुर गाउँपालिका भित्र १० वटा सामुदायिक होमस्टेहरु र विभिन्न स्तरको १२४ होटेलहरु रहेका छन।

 

बन्दिपुर गाउँपालिका अन्तर्गत विशेष पर्यटकीय सम्भाब्यता बोकेका मुख्य स्थानहरु

१. बन्दिपुर बजार : प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्र

२. सिद्ध गुफा : नेपाल कै सवैभन्दा ठुलो प्राकृतिक गुफा

३. टुडिखेल : मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर

४. थानीमाई र मुकुन्देश्वरी : बन्दिपुर बजार, मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर

५. तीनधारा : बन्दिपुरको खानेपानी आपुर्ती गर्ने पुरानो र मुख्य श्रोत

६. संस्कृति : मगर, गुरुङ्ग, नेवार आदी

 

बन्दिपुर शाहसिक खेलहरु जस्तै प्याराज्लाडिङ, रक क्लाइम्विङ, र्‍याफ्टिङ र ट्रेकिङ्ग ट्रेल तथा रुटहरु पनि रहेका छन भने पर्यटन विकासको लागि गाउँपालिकामा तपशिल बमोजिमका गौरवका योजनाहरु गुरुयोजनामा समावेश गरि काम थालनि गरिएको छ।

१. बन्दिपुर विकास गुरुयोजना - २० बर्षे दिर्घकालिन गुरुयोजना

२. बन्दिपुर सिसाको भ्यु पोईन्ट - टुडिखेल, बन्दिपुरको सम्पदाहरु भल्कने

३. थानिमाई-मुकुन्देश्वरी स्तम्भपथ - मिनि ग्रेटवाल

४. बन्दिपुर तालपार्क - सिंचाई तथा पर्यटन विकासको लागि ५ बर्ग किमीमा फैलने ताल